संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
शिक्षक सेवा आयोग पाँचौ संशोधन नियमावलि २०६८/१०/०९ लागु भएपछि वि. स. २०६७ सालमा समुदायको सक्रियताका कारण कंचनपुरको साविकको वाइसी विचवा गा.वि.स. ६ भिमवस्ती हाल पू.न.पा.१० भिमवस्ती स्थित श्री पशुपती आधारभूत विद्यालय स्थापना भएको थियो । शिक्षा संग सकारात्मक सोच भएका शिक्षा प्रेमि, समाज सेवी, शिक्षक, राजनैतिक दलका अगुवाहरुको पहलबाट श्री भिम सामुदायिक वन संरक्षण उपभोक्ता समितिको ३ कोठे भवन र पशुपती मन्दिरले भोग चलन गरेको ०–१४ –० कठ्ठा जग्गामा यस विद्यालयको स्थापना गरी यस विद्यालयको नामाकरण पनि श्री पशुपती आधारभूत विद्यालय राखिएको थियो । कंचनपुर जिल्लाको पूर्नवास नगरपालिका वार्ड नं. १० स्थित स्थित श्री पशुपती आधारभूत विद्यालय पूर्वमा धनगढी उपमहानगरपालिका तथा पू. न. पा. ११ अमरवस्ती पश्चिममा साविकको कालिका गा.वि. स दक्षिणमा भारतको दुदुवा नेशनल पार्क उत्तरमा नेपालको शुक्लाफाँटा आरक्ष संग सिमाना जोडिएको छ । वि. स. २०६७ सालमा स्थापना भएसँगै कक्षा १ को अनुमती २०६८ सालमा प्राप्त भएको थियो भने २०७२ सालमा कक्षा ५ सम्मको अनुमती प्राप्त भएको थियो । स्थापना कालका श्री विरसिहं साँयदको संयोजकत्वमा समिति गठन भई वाइसी विचवा गा. वि. स.द्धारा गाँउ परिसषद्ले विनियोजित गरेको २,००,००० दुई लाख अक्षेररुपीमा २ कोठे अर्धकच्ची फर्निचर सहित भवन निर्माण कार्य श्री दुर्गा कुवँर क्षेत्रीको अध्यक्षतामा निर्माण भएको थियो ।
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।