हाम्रो विद्यालयको नाम श्री पशुपती आधारभूत विद्यालय पु.न.पा. १० भिमबस्तीमा पर्दछ यस विद्यालयको स्थापना २०६६ मा भएको हो । यो विद्यालय शान्त बातावरणमा अवश्थित छ । शहरको होहल्ला र हलचलबाट टाढा रहेको छ । हाम्रो विद्यालयको नजिकै नेपाल र भारतको जङ्गलले शुद्ध हावा दिइरहेको हुन्छ । हाम्रो विद्यालयको नजिकै खानेपानिको अफिस र पशुपतिनाथ मन्दिर पनि रहेका छन् । पहिले विद्यालयमा पर्याप्त भवन नभएर विद्यार्थीलाई पठनपाठन प्रकृया गर्दा मन्दिर नजिकैको चौतारामा लगी पढाउने काम गरिन्थ्यो आजकाल बिकास भई प्रयाप्त मात्रामा भवन छन । बालमैत्री कक्षा कोठाको ब्यवस्थापन छ । विद्यालयमा इन्टरनेटको पनि सुविधा रहेको छ , विद्यालयका कार्य गर्दा कम्प्युटरको ब्यबस्था पनि रहेको छ । हाम्रो बिद्यालयमा शिशु कक्षा देखि कक्षा ५ सम्मको पठनपाठन प्रकृया हुने गरेको छ । ५ सम्मका विद्यार्थीलाई दिवाखाजाको सुविधा पनि रहेको छ ।
Shree Pashupati Basic School is located in Ward No. 10, Bhimbasti of Punarbas Municipality. Established in 2009 (2066 BS), the school is situated in a peaceful environment, far away from the noise and hustle-bustle of the city. Nearby forests along the Nepal-India border provide fresh air to our school premises. A drinking water office and a Pashupatinath temple are also located close to the school.
In the past, due to a lack of adequate buildings, classes were conducted on a paved platform near the temple. Today, with development, the school has sufficient buildings, child-friendly classrooms, internet facilities, and computers for administrative work.
उपयुक्त कक्षा शिक्षकको ब्यबस्था भई पठनपाठन प्रकृया राम्रो रहेको छ । विद्यालयको पठनपाठन प्रकृया बिहान ठिक १० बजे देखि बेलुका ४ बजे सम्म हुने गर्दछ र विद्यालयमा अनुभवि र दक्ष शिक्षकद्धारा विद्यार्थीलाई सिकाई प्रकृया गरिन्छ । सम्पूर्ण शिक्षक कर्मचारि आफ्नो दायित्वको अनुशासित ढङ्गमा पालना गरि बिद्यालयको नियममितमा रहि कामकाज सम्पन्न गरिरहनु हुन्छ । गाउँ बस्तिको बिचमा रहेकोले हिडेर नै विद्यालयसम्म आउने गर्दछन् । विद्यार्थीले पनि अनुशासनको पालन गर्दछन् । जान्ने विद्यार्थीलाई पुरस्कृत गर्ने र नजान्नेलाई थप प्रोत्साहन दिने प्रकृया पनि हुने गर्दछ । विद्यालयको विचमा खेल मैदानको ब्यवस्था पनि रहेको छ ।
बिद्यार्थीलाई खेलकुद प्रतियोगिता पनि गर्ने गरिन्छ । विद्यालयको वरिपरि बोट बिरुवा पनि लगाउने गरेका छौ । विद्यालयमा शौचालयको पनि उचित ब्यबस्था रहेको छ । विद्यालयको कक्षा कोठामा उचित फर्निचर ब्यवस्था रहेको छ । यस्तो सम्पूर्ण प्रकृयामा राम्रो र गाँउको बिचमा अबस्थित हाम्रो विद्यालय अती सुन्दर रहेको छ । अन्त्यमा के भन्न सकिन्छ भने विद्यालयमा अभिभावकको दायित्व कम रहेको देखिन्छ । विद्यालयका क्रियाकलापमा सहभागि कम देखियका हुन्छन् । काम र गरिविका कारण आफ्ना बालबच्चालाई समय दिन सकेका हुँदैनन् । यो क्रियाकलापमा सुधार ल्याउन सके राम्रो हुने थियो । यिनिहरुको भबिस्य निर्माणमा आफुले गर्न सक्ने प्रयास सधैँ गरिरहने छु र सहयोगको लागि आशाबादि छु ।
Key Features of the School
Academics & Operations: We offer classes from Early Childhood Development (ECD) to Grade 5. Regular classes run from 10:00 AM to 4:00 PM, taught by experienced and skilled teachers.
Facilities: Midday meals are provided to students up to Grade 5. The school features a central playground, proper toilet facilities, adequate furniture, and tree plantations around the perimeter.
Student Life & Location: Being in the heart of the village, students walk to school. We organize sports competitions, reward high achievers, and provide extra encouragement to students who need additional support. Staff and students maintain strict discipline.
The primary challenge we face is low parent engagement. Due to poverty and work commitments, many parents are unable to give sufficient time to their children or participate in school activities. Improving parental involvement would greatly benefit the school. I remain committed to doing everything possible to build our students' futures and stay hopeful for continued support.
हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.
विद्यालयको उमेर समुहमा बालबालिकाहरुलाई गुणस्तरीय शिक्षाप्रदान गर्न र बालकेन्द्रित शिक्षण सिकाइ मार्फत उच्चतम सिकाई उपलब्धि सुनिच्छित गर्न र बालमैत्री शिक्षण् सिकाई प्रकृयाद्धारा शिक्षण गरि यस विद्यालयलाई उत्कृष्ट थलोको रुपमा बिकास गर्ने ।Quality & Child-Centered Education: Providing quality education to school-aged children through child-friendly, student-centered teaching methodologies. Maximizing Learning Outcomes: Ensuring high academic achievement and holistic development for every student. School Excellence: Developing the institution into a premier center of educational excellence and a safe, nurturing space for learning.
समाजका लागि उत्तरदायित्वपुर्ण र परोपकारि नागरिक बन्ने शिक्षा प्रदान गर्नु । - समाजमा सकारात्मको सोचाईको नागरिक तयार पार्नु । - उत्कृष्ट शैक्षिक अनुभव प्रदान गरि जिवनमा सफलता प्राप्त गर्न मद्घत पुर्याउन ।Responsible & Altruistic Citizenship: Imparting education that develops socially responsible, empathetic, and philanthropic citizens. Cultivating Positive Mindsets: Nurturing community members who think constructively and contribute positively to society. Empowering Lifelong Success: Delivering an exceptional academic experience that equips students with the skills and confidence needed to achieve life-long success.
- विद्यालयको वातावरणलाई पारिवारिक, सुरक्षित एवम् बालमैत्री बनाउने । - औसत सिकाइ उपलब्धि बृद्धि गर्ने । विद्यार्थी केन्द्रित सिकाई वातावरण सिर्जना गर्ने । - विद्यालयको शैक्षिक क्रियाकलापहरुमा अभिभावकले संग्लनता बढाउने । - विद्यार्थीलाई शैक्षिक सामाजिक र ब्यक्तिगत दृष्टिकोणले सशक्त बनाउने।Family-Like, Safe, and Child-Friendly Environment: Creating an inclusive atmosphere where students feel secure, cared for, and emotionally supported. Academic Enhancement & Student-Centered Learning: Boosting average learning outcomes by implementing interactive, student-centered teaching methodologies tailored to individual needs. Increased Parental Engagement: Encouraging active participation of parents in school activities and decision-making processes to support their children's growth. Holistic Student Empowerment: Developing students academically, socially, and personally to help them grow into confident, well-rounded individuals.
इतिहास विवरण थपिएको छैन।History entries coming soon.

नमस्कार मेरो नाम उदय सिहँ झुकाल हो । म यस विद्यालयको प्रधानाध्यापक पदमा रहि कामकाज गरिरहेको छु । मेरो विद्यालयको नाम श्री पशुपति आधारभूत विद्यालय हो । हाम्रो यस विद्यालयमा ३ जना शिक्षक दरबन्दि र ३ जना…Namaste, my name is Uday Singh Jhukal. I am currently serving as the Headteacher of this school, Shree Pashupati Basic School. Our school operates with a team of 3 sanctioned teacher posts and 3 Early…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
नमस्कार, म हरि कृष्ण ताम्राकार, श्री पशुपति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हाम्रो समुदायमा गुणस्तरीय र बालमैत्री शिक्षा प्रदान गर्न समर्पित यस संस्थाको व्यवस्थापन समितिको नेतृत्व…Namaste, I am Hari Krishna Tamrakar, Chairperson of the School Management Committee Shree Pashupati Basic School. It is a privilege to lead the management committee of an institution dedicated to prov…
पूरा सन्देश पढ्नुहोस् →Read full message →