नमस्कार मेरो नाम उदय सिहँ झुकाल हो । म यस विद्यालयको प्रधानाध्यापक पदमा रहि कामकाज गरिरहेको छु । मेरो विद्यालयको नाम श्री पशुपति आधारभूत विद्यालय हो । हाम्रो यस विद्यालयमा ३ जना शिक्षक दरबन्दि र ३ जना बालविकास कोटामा रहेका छन् । विद्यार्थी सङख्या ११० सम्म रहेका छन् । म विद्यालयको पठनपाठन प्रकृयामा सहि तरिकाले भएको नभएको सम्पूर्ण अभिलेख राखी विद्यालय विकासको कामलाई अगाडि बढाइरहेको छु । विद्यालयमा समय समयमा बिद्यार्थी मुल्याङ्कन कार्यक्रम गरि बिद्यार्थीको पठन पाठन प्रकृयामा सुधार गर्ने रणनितिका साथ अघि बढ्ने प्रयासमा छु । म यस बिद्यालयमा आयदेखि सुधार र बिकासका प्रकृया अघि बढिरहेका छन् र विद्यालयमा अभिभावकको निरिक्षण भुमिका कम रहेको र विद्यार्थीले आफ्नो गृहकार्य नगरि आउने समस्या देखिएको छ । इन्र्टरवलको समयमा पनि मैले विद्यालयको कामकाजमा समय विताउने गर्दछु । विद्यार्थीलाई कसरि राम्रो शिक्षा दिने भन्ने विषयमा खोजिनिती गरि त्यो. नियम विद्यालयमा लागु गरेको छु । अन्त्यमा म के भन्न चाहान्छु भने आजका साना बालबालिका भोलिका कर्णधार बन्ने छन् ।